दफा ८
पुनरावेदनको म्याद गुज्रिसकेको करसम्बन्धी विषय
(१) कर अधिकृतको निर्णय उपर राजस्व न्यायाधीकरणमा पुनरावेदन दिने म्याद गुज्रिसकेको करसम्बन्धी विषयमा सम्बन्धित करदाताले आयोगबाट सो विषयमा पुन छानबिन गरी कर निर्धारण गर्न आयोगमा कारण समेत उल्लेख गरी निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम निवेदन परी आयोगले कारण मनासिब देखेमा कर अधिकृतबाट पहिले जारी भै सकेको कर निर्धारण आदेश उपर छानबिन गरी पुन कर निर्धारण गर्न सक्नेछ ।